Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

कालोसूचीमा परेका उम्मेदवारविरुद्ध कार्बाही गर्न निर्वाचन अधिकृतको आनाकानी

रोल्पाको सुनछहरी गाउँपालिका उपाध्यक्षका उम्मेदवारविरुद्ध परेको उजुरीबारे कार्बाही गर्न निर्वाचन अधिकृतले आनाकानी गरेको पाइएको छ।

त्रिपक्षीय गठबन्धन (एमाले, काँग्रेस र विप्लवनिकट नेकपा) का उपाध्यक्षका उम्मेदवार कोमबहादुर बुढाले सञ्चालन गर्दै आएको उच्च हिमालय निर्माण सेवा कालो सूचीमा परेको सम्पूर्ण प्रमाणहरु उजुरीकर्ताहरुले पेश गर्दा पनि निर्वाचन अधिकृत दामोदर घिमिरेले विभिन्न बहाना बनाएर बचाउ गर्न खोजेका छन् ।

यो पनि पढनुस !!

मंगलबार त्रिपक्षीय गठबन्धन (एमाले, काँग्रेस र नेकपा) का साझा उपाध्यक्षका उम्मेदवार कोमबहादुर बुढाको नाममा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १३ को ‘ञ’ बमोजिम निजले सञ्चालन गर्दै आएको फर्म उच्च हिमालय निर्माण सेवा कालो सूचीमा परेको बारेमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय पोबाङले जानकारी दिएको थियो।

त्यसैको बारेमा बुधबार उजुरीकर्ताहरुले सम्पूर्ण सबुत प्रमाणसहित निर्वाचन अधिकृतको कार्यालय पोबाङमा पेश गर्दा पनि उजुरी माथि विभिन्न बहानाबाजी गर्दै फैसलामा अधिकृत घिमिरेले आनाकानी गरिरहेको उजुरीकर्ता ननकला घर्तीले बताइन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.