Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

निर्वाचन आयोगले ‘गठबन्धन’ चिन्दैन : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ‘गठबन्धन’ भन्ने शब्द आयोगको कानुननमा नभएको बताएका छन्।

शनिबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले आयोगले गठबन्धन नचिन्ने बताए।

‘स्थानीय तहसम्बन्धी कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैनः हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि होइन्’, उनले भने, ‘यदि कोही व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको हकमा उम्मेदवारी दर्ता हुन्छ।’

यो पनि पढनुस !!

साथै, उनले उम्मेदवारी दर्ता हुने व्यक्तिको हैसियत पार्टीमा के छ भन्ने कुरासँग आयोगको सरोकार नरहने पनि बताए।

‘उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको हो कि होइन, कहिले प्रवेश गरेको हो’, थपलियाले भने, ‘दलमा के हैसियत छ भन्ने विषय आयोगको होइन। त्यसकारण जुन चिह्नबाट उसले उम्मेदवारी दिन्छ त्यही दलको हो भन्ने निधो हुन्छ।’ स्वतन्त्र चिह्नबाट निर्वाचन जित्यो भने त्यो स्वतन्त्र नै हुने उनले बताए।

आयोगले ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि भोलि र पर्सि मनोनयन दर्ताका लागि दलहरुलाई आह्वान गरेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.