Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

कांग्रेस सल्यानले गर्‍यो तीन नगरमा मेयर/उपमेयरका लागि उम्मेदवार सिफारिस

नेपाली कांग्रेस सल्यानले जिल्लाका तीन नगरपालिकाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

कांग्रेस सल्यानले प्रदेश कार्यालयमा तीन नगरपालिकाका प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको हो।
सिफारिस अनुसार शारदा नगरपालिकाको मेयरमा प्रकाश भण्डारी, सावित्रा बस्नेत र सचेत शाहको नाम सिफारिस गरिएको छ। त्यस्तै, उपमेयरमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस गरिएको छ।

त्यस्तै, बागचौर नगरपालिकाको मेयर पदका लागि जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर वलीको नाम सिफारिस गरिएको छ। यहाँ उपमेयरका लागि भौम गौतम न्यौपाने, दीपा बस्नेत र सुशीला केसीको नाम सिफारिस गरिएको छ।

यो पनि पढनुस !!

त्यस्तै, जिल्लाको अर्को नगरपालिका वनगाड कुपिन्डेको मेयरका लागि दीपेन्द्र विष्ट र सुन्दरा शाहीको नाम सिफारिस गरिएको छ भने उपमेयरका लागि पुरूषोत्तम आचार्य, उषा राना र रीता वलीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले जानकारी दिए।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जिल्लाले सिफारिस गरी पठाएका नामहरूबाटै उम्मेदवार छनोट गर्नेछ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.