Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ

पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउनुहुँदा उहाँका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । नायिका मनिषा कोइराला, सन्तमहन्तले सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

यो पनि पढनुस !!

विश्व हिन्दू महासङ्घ, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ, योगी नरहरि आध्यात्मिक परिषद्लगायत संस्थाको ब्यानरमा संस्थागत रुपमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गर्न उपस्थित भएका थिए । विसं १७७९ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बन्नुभएको थियो । उहाँ राजा बन्नुहुँदा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल हुनुभएको थियो । पृथ्वीनारायणका पालामा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो । उहाँको शेषपछि उत्तराधिकारीले नेपालको सिमाना पश्चिममा किल्ला काँगडासम्म फैलाएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.