तार्केश्वर नगरपालिका-५ मा अबस्थित रुद्रमति क्रियापुत्री भवनसंगैको प्रति जग्गा मिचिर निजि घर निर्माण गरिएको छ । क्रियापुत्री भवन निर्माण समितिका केही व्यक्तिको संरक्षणमा उक्त जग्गा मिचिर निजि घर निर्माण गरिएको हो ।
प्रति जग्गा मिचिएको सन्दर्भमा स्थानीय जनप्रतिनिधिसहितको टोलि ले जग्गा खाली गर्न पटक-पटक ताकेता गर्दा पनि घर धनीले जग्गा छाडेका छैनन् । त्यस्तै अवस्थाका अन्य घरधनीले प्रति जग्गामा परेको जग्गा छोडे पनि एक जनाले भने अनेकन बहाना बनाउदै प्रति जग्गा छोड्न मानेका छैनन् । उनलाई भवन निर्माण समितिकै व्यक्तिहरुको आशीर्वाद रहेको स्थानीयले आरोप लगाका छन् । प्रति जग्गाको ३ फिट हडपेर घर निर्माण गरिएको छ । उनले घर पास गर्दा समेत प्रति जग्गा देखाएको श्रोतले जानकारी दिएको छ ।
४ फिटे बाटोमा १३ फिटे बाटो बनाउने अधिकार त्यो पनि प्रती जग्गामा कसरी प्राप्त भयो भन्दै स्थानीयले प्रश गरेका छन् । `यो त सरासर ठगी हो नि,´ स्थानीय भन्छन् , `कार्वाही गर्ने निकाय किन मौन ?´
अचम्मको कुरा त यो छ कि घरको नक्सा पास गर्दा एक क्षेत्रफल र बनाउदा अर्को क्षेत्रफल देखाइएको छ । यसले तार्केश्वर नगरपालिका भित्र घर जग्गा नाप्ने नापी कार्यलय हचुवामा काम गर्छ भन्ने प्रमाणित भएको स्थानीयको आरोप छ ।
तार्केश्वर नगरपालिकाकि उपमेयर एवम् न्यायीक समितिको प्रमुख भवानी डोटेल र वडा अध्यक्ष बासु गौतमले पटक-पटक ताकेता गर्दा पनि घरधनीले अटेर गर्दै आएको श्रोत बताउछ । घरवालाले राजनीतिक पहुँच छ भन्दै स्थानीयलाई कुनै हालतमा घरको कम्पाउन नभत्काउने बताउदै आएका छन् ।