Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ

विद्यालयमै पुगी क्लबले मङ्गलबार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लबले ३० चेपाङ बालबालिकालाई स्वेटर र टोपी सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष एवं लायन्स क्लब ३२५ वी १ नेपालका डिष्ट्रिक्ट चियरपर्सन सरोज भण्डारीले जानकारी दिनुभयो । “चेपाङ बस्तीका बालबालिकाको अवस्था दयनीय छ, उनीहरुलाई थप सहयोगको खाँचो देखिएको छ,” उहाँले भन्नुभयो, “खुट्टामा चप्पल छैन, च्यातिएकै कपडा लगाउन बाध्य छन् ।”

चेपाङ बालबालिकाको अवस्था ज्यादै दयनीय रहेको र आगामी दिनमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष राजु रानाले जानकारी दिनुभयो । “न्यानो कपडा नहुँदा कतिपय विद्यार्थी विद्यालयमा नियमित पनि नभएको पायौँ, न्यानो कपडा पाएपछि नियमित विद्यालय आउने वातावरण बनाउन सकिन्छ भन्ने आशा पलाएको छ,” उहाँले भन्नुभयो ।

यो पनि पढनुस !!

लायन्स क्लब अफ तनहुँ दमौलीले विपन्न वर्गलाई निःशुल्क कपडा सहयोग गर्दै आएको छ । त्यसका लागि क्लबले दमौली बजारमा कपडा बैंक नै खोलेको छ । कपडा बैंकबाट आवश्यक हुनेले कपडा लैजान सक्ने उहाँले बताउनुभयो । कपडा बैंकको दिगोपनाका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षमा साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.