Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी

यहाँ हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ

यहाँ हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो ।

हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५८० हुलाक टिकट बिक्रीबाट उक्त रकम आम्दानी गर्न सफल भएको हो । उहाँले भन्नुभयो, “हामीले एकदेखि १०० रुपैयाँसम्मका टिकट बिक्री गर्ने गरे पनि सबैभन्दा बढी रु १० र २० का टिकट बिक्री हुने गरेको छ, पहिलाको जसरी टिकट बिक्री हुन छाडेको छ, गत आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्म सात लाख १६ हजार ३०० हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।”

यो पनि पढनुस !!

सो अवधिमा ८२ हजार ३८५ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट सो रकम आम्दानी भएको हुलाक कार्यालयका खरिदार सोतीले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा हुलाक कार्यालयले टिकट बिक्रीबाट रु पाँच लाख ७७ हजार १०० आम्दानी गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त रकम पाँच हजार ४५३ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.