Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विज्ञान तथा प्रविधि विभागको सपथ ग्रहण

पूर्व विज्ञान तथा प्रविधि मन्त्री, पार्टीका स्थायी समिति सदस्य एवं विज्ञान तथा प्रविधि विभागका प्रमुख कमरेड गणेश साहको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भयो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विज्ञान तथा प्रविधि विभागको सपथ ग्रहण कार्यक्रम एवम् पहिलो बैठक मंसिर २४ गते शुक्रबार पूर्व विज्ञान तथा प्रविधि मन्त्री, पार्टीका स्थायी समिति सदस्य एवं विज्ञान तथा प्रविधि विभागका प्रमुख कमरेड गणेश साहको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भयो ।
सपथ ग्रहणलगतै वसेको विभागको पहिलो बैठकले विभागको सचिवमा वैज्ञानिक खोज,अनुसन्धान र अन्वेषणमा सक्रिय कमरेड आरके ढुंगानालाई सर्वसम्मत चयन गरेको छ ।
उक्त कार्यक्रममा विभागका ३३ जना सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै प्रा.डा. जर्नादन लामिछाने, प्रा.डा. शोभाकान्त लामिछाने, डा. रविन्द्र ढकाल, डा. खेमराज जोशी, रोशा श्रेष्ठ सहित विभागीय सदस्यहरुले विभागीय कामकारवाही तथा आगामी कार्ययोजनाका वारेमा मन्तव्य राख्नुभएको थियो ।
पाटीका सबै तह र तप्कामा कामगर्ने कार्यकर्ताहरुलाई प्रविधि मैत्री बनाई समाजका हरेक क्रियाकलापहरुमा प्रविधिको प्रयोगले समाजका हरेक पक्षमा सुधार ल्याउन सकिन्छ शुभकामना मन्तव्यका क्रममा डा. शैलन्द्र गिरी भन्नुभयो ।
विभागिय काम कारवाहीलाई चुस्तदुरुस्त र प्रभावकारी रुपमा अगाडि बढाउन सचिवालय गठन गर्ने निर्णय गरेको छ । विभागीय संरचना र कार्ययोजना तयार गर्न विभागका सदस्य डा. खेमराज जोशीलाई जिम्मा दिने निर्णय गरेको छ । विज्ञान तथा प्रविधि विभाग प्रदेश स्तरमासमेत गठन गर्ने, प्रदेश र स्थानिय तहहरुमा विभागअन्तर्गत गरिने कामकारवाहिलाई अगाडी बढाउन प्रदेश नं। १ बाट कमरेड राम कुमार गौतम, प्रदेश नं। २ बाट कमरेड डा। उमेश प्रसाद गुप्ता, बागमती प्रदेशबाट कमरेड देवेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशबाट कमरेड प्रा।डा। शोभाकान्त लामिछाने, लुम्बिनी प्रदेशबाट कमरेड माधव न्यौपाने, कर्णाली प्रदेशबाट कमरेड सोनालाल यादव र सूदुर पश्चिम प्रदेशबाट कमरेड डा। खेमराज जोशीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
वैठकले पार्टी सदस्यता दर्ता एवं नवीकरण सफ्टवेयर९ःष्चचयच० निर्माण तथा सञ्चालनको नेतृत्व गरिरहेका विज्ञान प्रविधि विभागका सदस्य कमरेड शिवहरि आचार्य, केन्द्रीय कार्यालयका सूचना प्रविधि शाखा प्रमुख एवं विज्ञान तथा प्रविधि विभागका सदस्य शिव खकुरेल एवं पार्टीको वेवसाइट निर्माण तथा सञ्चालनमा समन्वय गरिरहेका विज्ञान तथा प्रविधि विभागका सदस्य द्रोण पराजुलीलाई धन्यवाद ज्ञापन गर्नुका साथै सक्रियतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन समेत दिएको छ ।
विभागको वैठकले पार्टीको आशन्न प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रविधिको प्रयोगलाई अधिकतम उपयोग गर्ने समेत निर्णय गरेको छ ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.