Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

भारतीय ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल रावतको निधन पुष्टि

भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ

भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उहाँ सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो ।

यो पनि पढनुस !!

भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी दिएको थियो । उहाँ भारतका पूर्वस्थल सेना प्रमुख एवं नेपाली सेनाका पूर्वमानार्थ महारथी हुनुहुन्छ । उहाँलाई नेपाली सेनाको मानार्थ महारथीबाट २९ मार्च २०१७ मा सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.