प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको अध्यक्षमा नवराज दाहाल निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा भएको पहिलो अधिवेशनले दाहाललाई निर्विरोध अध्यक्ष चयन गर्दै ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा सागर पन्त चुनिएका छन् । यसैगरी उपाध्यक्षमा लोकेश लिम्बु, श्याम तण्डुकार, आनन्द पुन चयन भएका छन् । प्रेस सेन्टर उपत्यका प्रदेश कमिटीको मुख्य सचिवमा फणिन्द्र फुयाल, सचिव – बिनोद दाहाल, राजेन्द्र बराल,भिमराज खड्का,रोजिना थापा,जमिन राइ ,प्रदिप मण्डल निर्विरोध चयन हुँदा कोषाध्यक्ष- बीरबहादुर लामा चुनिएका छन् ।
प्रेस सेन्टर उपत्यका प्रदेशको उद्घाटन माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले गरेका थिए ।