Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८१, शुक्रबार

रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा

नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ

नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहनुभएको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्कनुभएको थियो । उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.