Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

आगलागीबाट पचास लाख क्षति

स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै रु पचास लाखको क्षति भएको छ

स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै रु पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् । “सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ ।” राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.