Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

शान्ति सेना सिरिया प्रस्थान

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।

यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।

यो पनि पढनुस !!

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो । युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पु¥याउँदै आएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.