Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ

विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताउनुभयो ।

यो पनि पढनुस !!

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.