Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

सुक्खा बन्दरगाह निमार्णको काम पूरा भएन

भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन

भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।

“भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ”, नेपालगन्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भन्नुभयो, “भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको कहिले छैन ।”

जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उहाँले बताउनुभयो । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारत सरकारले लगानी गर्नुपर्ने हो  ।

यो पनि पढनुस !!

इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ  । “हामीले पहुँच मार्ग निर्माणको काम पूरा ग¥यौ, बाँकी काम भारत सरकारले गर्नेछ”, उहाँले भन्नुभयो, “आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।” बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसिपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनाका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताउनुभयो । “भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।” अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुनसक्ने जनाउँदै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउनका लागि पहल गर्न आवश्यक देखिएको उहाँको भनाइ छ

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.