Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

विभिन्न क्षेत्रका २२ एसपीको सरुवा

नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ

नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।

यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौँका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।

यस्तै अबिनारायण काफ्लेलाई अख्तियारबाट सप्तरी, कृष्ण प्रसाईँलाई जनकपुरबाट सर्लाही, टीकाबहादुर केसीलाई काठमाडौँबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, तुलबहादुर कार्कीलाई नुवाकोटबाट २ नं प्रदेश प्रहरी कार्यालय, दिनेशराज मैनाली तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौँ, ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियार र प्रकाश रानाभाटलाई धनुषाबाट पोखरामा सरुवा गरिएको छ ।

यो पनि पढनुस !!

यस्तै प्रहरी उपरीक्षक वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भुवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश, राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ ।

प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतलाई प्रदेश प्रहरी कार्यालय पोखराबाट स्याङ्जा, राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, राजेन्द्रबहादुर रेग्मीलाई कैलालीबाट तनहुँ, रामप्रकाश शाहलाई बाँकेबाट नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा गरिएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.