Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

नेकपा माअेावादी केन्द्र तार्केश्वर वडा न १० को अध्यक्षमा राम प्रसाद पन्त

नेकपा (माअेावादी केन्द्र ) का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा प्रमुख अतिथि

काठमाडौं नेकपा (माअेावादी केन्द्र) तारकेश्वर नगरपालिका वडा न १० को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राम प्रसाद पन्त को नेतृत्वमा २७ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। राम प्रसाद पन्त अध्यक्ष रहेको कमिटीमा रामचन्द्र पुडासैनी उपाध्यक्ष ,विष्णु मरहठ्ठा सचिव, टिकाराम खतिवडा कोषाध्यक्ष ,शोभा भट्टराई निर्वाचित भएका छन त्यस्तै कार्यालय सचिब को जिम्मेवारी रिजन न्यौपाने ले पाएका छन । सम्मेलनले ईश्वरी प्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय वडा सल्लाहकार कमिटी पनि निर्वाचित गरेको छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

त्यस्तै १० न वडा लाई ४ वटा टोलमा विभाजन गरेर सम्मेलले गणेश नाथ गिरी ,केशब दत्त दवाडी ,टिकाराम खतिवडा र हरि अर्याल लाई संयोजक तोकेको छ । नेकपा (माअेावादी केन्द्र ) का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समन्वय अध्यक्ष हिमाल शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता विनोद पौडेलले गरेका थिए भुवनेश्वर देवकोटा निर्वाचन कमिटीलाई तार्केश्वर नगर कमिटी इन्चार्ज सानुभाई मालबुल ले सपथ खुवाएका थिए । सम्मेलन कार्यक्रम सन्चालन नुरा दवाडीले गरेकी थिइन ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.