Nepal Jana Khabar
हरेक जनताको खबर
८ कार्तिक २०८३, शनिबार

प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका दैनिक समस्याको सम्बोधनलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका दैनिक समस्याको सम्बोधनलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्। अभियानबारे जानकारी दिँदै उनले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी र जनजीविकासँग जोडिएका मुद्दालाई एकीकृत रूपमा अघि बढाइने बताए। प्रचण्डका अनुसार अभियानका क्रममा पार्टीका सबै केन्द्रीय नेता जनतामाझ पुग्नेछन्। उनीहरूले नागरिकका गुनासा, समस्या र सुझाव संकलन गरी त्यसको प्रतिवेदन पार्टी केन्द्रमा बुझाउनेछन्। अभियान सम्पन्न भएपछि केन्द्रीय समितिको पूर्ण बैठक बसेर प्राप्त प्रतिवेदनको समीक्षा गरिने र त्यसकै आधारमा आगामी योजना तथा कार्यक्रम तय गरिने उनले जानकारी दिए। यससम्बन्धी निर्णय केन्द्रीय संयोजन समितिले गरिसकेको उनको भनाइ छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.