Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनुहुने भएको छ

योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनुहुने भएको छ ।

आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उहाँहरु यहाँ आउनुहुने भएको आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिनुभयो । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उहाँहरु यहाँ आउन लाग्नुभएको सुवेदीले बताउनुभयो ।

यो पनि पढनुस !!

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उहाँले भन्नुभयो, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.