Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

महिला मृत फेला

तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन्

तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन् ।

बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ, हत्या हो कि आत्महत्या अहिल्यै भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

११ जना पक्राउ

यो पनि पढनुस !!

तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो ।

खड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । प्रहरीले १६ थान कौडा र नगद रु ४५ हजार ३२० बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.