Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।

यो पनि पढनुस !!

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न काठमाडौँ छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभयो

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.