Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

प्रेस सेन्टर काठमाडौंको आक्रामक संगठन बिस्तार, गोकर्णेश्वरमा बन्यो १७ सदस्यीय कार्यसमिती

काठमाडौं, २९ कात्तिक । प्रेस सेन्टर गोकर्णेश्वरको नगर समितिको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन लग्युङ तामाङ दोङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपध्यक्षमा उत्तम विक, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा लाल बहादुर घिसिङ , सहसचिवमा चक्रजित मोक्तान र कोषाध्यक्षमा साङे दोर्जे लामा चयन भएका छन् ।

त्यसैगरी सह कोषाध्यक्षमा बिनायक लोप्चन तामाङ चुनिएका छन् ।

यो पनि पढनुस !!

अधिवेशनले पाँच बुँदे गोकर्णेश्वर घोषणापत्र पनि जारी गरेको छ । घोषणा पत्रमा गोकर्णेश्वर नगरपालिका क्षेत्रकाका सरकारी तथा सर्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गरी सूचनाको हकको कार्यान्वयन गर्न माग गरेको छ । त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, प्रेस सेन्टर उपत्यका प्रदेशका सह इन्चार्ज कृष्ण लेकाली, प्रेस सेन्टर उपत्यका संयोजक नवराज दाहाल, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष सागर पन्त लगातले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सदुपयोग गर्दे आवाज बिहीनहरुको आवाज जनपक्षिय पत्रकारितामार्फत हुनुपर्ने भन्दै मिडियाले समाज रुपान्तरण, संघीयताको संरक्षण गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.