Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ

कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन् ।

पालिकाको निर्माण र समृद्धिको अभियान आफैँबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि अभियान सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “गाउँपालिका, सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि कर्मचारीलाई अतिरिक्त समयमा अनिवार्य विकास निमार्णमा जुट्न लगाइएको छ ।” उहाँले भन्नुभयो, “राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले यस्तो कार्यक्रम गर्न लागिएको हो ।”

यो पनि पढनुस !!

सरकारी लगानी र अनुदानमा बनिरहेका विकास निर्माणका संरचनामा मात्र नभइ, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ, विद्युत् नहर मर्मत, भवनका पर्खाल निर्माण, सिँचाइ कुलो निर्माणकार्यमा अनिवार्य कर्मचारीले श्रमदान गर्ने नीति बनाइएको अध्यक्ष बमले जानकारी दिनुभयो ।

“देशको विकास कर्मचारी, नागरिक र जनप्रतिनिधि मिलेर गर्ने हो ।’ उहाँले भन्नुभयो,“हामीले पालिकाको विकासका लागि शनिबार श्रमदान गर्ने नीति लिएका छौँ।”समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो” मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि अनिवार्य श्रमदान गर्ने योजना ल्याइएकोे जनाइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.