Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।

बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.