Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गर्नुभएको छ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गर्नुभएको छ । उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गर्नुभएको हो ।

यो पनि पढनुस !!

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । यसका लागि गणक परिचालन भएका छन् । आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । विसं १९६८ देखि जनगणना सुरुआत भएको हो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.