Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

सेनाका रेफ्री ढकाल फ्रेन्च इकोपेनमा निर्णायकका लागि फ्रान्स प्रस्थान

नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ

नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ ।

पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८ देखि २३ गतेसम्म भएको चिफ अफ आर्मी स्टाफ (सिओएएस) पाकिस्तान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा सहभागी भई उहाँ त्यहीबाटै कतारको दोहा हुँदै आज फ्रान्स लाग्नुभएको हो ।

यो पनि पढनुस !!

पाकिस्तानमा भएको उक्त तेक्वान्दो प्रतियोगिताका विभिन्न समूहमा भएका ४५ प्रतिस्पर्धामा उहाँले रेफ्री भएर निर्णय सुनाउनुभएको थियो । फ्रान्समा यही कात्तिक २६ देखि २८ गतेसम्म हुने एशियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा रेफ्री ढकालको छनोट भएको हो ।

चीनको वुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो । चीनकै उसी सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गर्नुभएका ढकाल नेपालको खेलकूद क्षेत्रका स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनुहुन्छ ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.