Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पु¥याउदै आइरहेको छ ।

यो पनि पढनुस !!

विश्वमा शान्ति सैनिकको सङ्ख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ । हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसङ्घीय मिसनमा २०० महिला सैनिकसहित पाँच हजार २२९ नेपाली शान्ति सैनिक परिचालित छन् ।

कोभिड–१९ सङ्क्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.