Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

ट्याङ्कर फस्दा राजमार्ग अवरुद्ध

डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ

डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यो पनि पढनुस !!

गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो । बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेकामा आज ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको हो । यहाँका पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको हो । ट्याङ्कर फसेपछि अहिले उक्त राजमार्गमा तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेका सयौँ सवारी साधन तथा यात्रु अलपत्रमा परेका बताइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.