Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पार्नुभयो ।

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उहाँले आफूहरूले तारिफ नचाहेको बताउनुभयो ।

प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहङ्कार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताउनुभयो । नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढनुस !!

शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको सुनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चांैथो अङ्गका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उहाँले पत्रकारले पनि सत्यतथ्यमा आधारित भई समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) कास्ककिा अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराललगायतले नेपालीका यी चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.