Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

वर्षा र बाढीले औद्योगिक क्षेत्रमा रु दुई अर्बभन्दा बढीको क्षति

अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको छ

अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको छ ।

सरोकारवाला निकायको सहभागितामा भएको कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्य गर्दा स्थानीयस्तरमा विशेष गरी उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्यूनीकरणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ बाढीपछिको प्रभाव मूल्याङ्कन सङ्गठनले गरेको जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणका क्रममा अध्ययन, विश्लेषणका साथै सम्बन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने जनाउँदै आफ्नो क्षेत्रमा भइरहेको निर्माणका सम्बन्धमा नागरिकले पनि सम्बन्धित पक्षलाई खबरदारी गनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बाढीपछि सङ्गठनले तयार पारेको प्रतिवेदन

बाढीपछि तत्काल उद्योग सङ्गठन मोरङले पहलकदमी लिई स्थलगत अवलोकन तथा अनलाईनमार्फत तथ्याङ्क सकलन गरेको थियो । सङ्गठनमा आबद्ध उद्यमीसँग विवरण माग गरिएकामा ४१ प्रभावित उद्योगबाट विवरण प्राप्त भएको छ । त्यसमा ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको जनाएको छ ।

यो पनि पढनुस !!

सोमध्ये मेशिन औजारमा रु ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा रु ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा रु ७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा रु एक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

त्यसैगरी बाढी र डुबानले उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हँुदा स्थिर खर्च, प्रशासनिक खर्चलगायत खर्च, उत्पादनको औषत मूल्य तथा बजार शृङ्खला टुट्न गई थप ठूलो व्ययभार थपिएको छ । एकचालीस उद्योगको दैनिक प्रशासनिक खर्च करिब रु पाँच करोडको हाराहारीमा रहेको छ । बाढीबाट प्रभावित उद्योगमध्ये २७ उद्योग एक हप्तासम्म सञ्चालनमा आउन सकेनन् भने सात उद्योगलाई अझै दुई हप्ता लाग्ने र तीन उद्योगलाई चार हप्ता तथा चार उद्योगलाई पूर्ववत् सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी प्रभावित उद्योगको बूढीगङ्गा गाउँपालिका, त्यसपछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको पाइएको छ । विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनाश आदिका कारण बेमौसमी विपत्तिको सामना गर्नु परिरहेको अवस्थामा कात्तिकमा अप्रत्यासित रुपमा पानी पर्नु, केही घण्टाको वर्षाले यो तहको क्षति तथा विनाश गर्नु पक्कै पनि प्राकृतिक मात्र नभएर मानव श्रृर्जित समस्या भएको प्रतिवेदनमा जनाइएको छ ।

मानव सृजित यो समस्याको प्रमुख कारणमा अधिकांश उद्योगबाट पानीको निकासको उचित प्रबन्ध नहुनु, पानी निकासको पहिले भएको संरचना विनाश गर्नु (जस्तो धरान विराटनगर राजमार्गमा पूर्वपश्चिममा रहेका कल्भर्ट सबै छ लेनको बाटो बनाउँदा हटाइनु), सडकलगायत पूर्वाधार निर्माण गर्दा स्थानीय भौगोलिक अवस्थित र स्थानीय आवाजलाई नजरअन्दाज गरिनु, सडक निर्माणमा अदूरदर्शिताजस्ता कारण प्रमुख रहेको पाइएको छ ।

प्रतिवेदनमा बाढी व्यवस्थापन र क्षति न्यूनीकरणको एकीकृत योजना र प्रभावकारी संयन्त्र र पूर्वतयारी तथा क्षति न्यूनीकरणमा काम गर्नुपर्ने, सडक तथा पूर्वाधार निर्माण स्थानीय खोला, खोल्सा तथा नालाको व्यवस्थापन र विपद्पछिको विद्युत् व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.