Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।”

आज लुम्बिनी पुग्नुभएको राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।”

उहाँले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राख्नुभयो ।

यो पनि पढनुस !!

त्यस समारोहको मञ्चमा रहेका सांसदहरु, पूर्वमन्त्रीहरु, नगरप्रमुखहरु लगायतलाई सम्बोधन गर्दै उहाँले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “धेरै समयपछि यहाँहरुलाई भेट्न पाउँदा खुसी लाग्यो । खास गरीकन यति धेरै जनप्रतिनिधिलाई भेट्ने अवसर प्राप्त भएको छ ।”

त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान प्रदान गर्नुभएको थियो ।

उहाँ आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी आइपुग्नुभएको हो । उहाँलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।

बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताउनुभयो । उहाँले यसका लागि काठमाडौँ महानगरपालिकाले रु चार करोड २९ लाख सहयोग गरेकोसमेत बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.