Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ

अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरीकल्चर एशोसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो ।

“घाँटीमा लगाइने मालाका लागि बाहिरबाट आयातित फूल भन्दा पनि सकेसम्म स्थानीय उत्पादनकै प्रयोग गर्ने क्रम बढेका कारण तिहारका लागि बजारमा यहीँ उत्पादित फूल बढी माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसवर्ष मागको झण्डै ८० प्रतिशत फूल पोखरा र आसपासमा नै उत्पादन भएको छ ।”

परनिर्भरताकै कारण समयसमयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकिर्षत बन्दै गएका छन् । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फूल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।

यसवर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दसैँलगत्तै परेको पानीले केही क्षति पु¥याएको जनाउँदै उहाँले समयक्रम मिलाएर नलगाउदा पनि कतिपय स्थानका किसान समस्यामा परेको बताउनुभयो । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वीचोकका सूचना अधिकारी रुपा दाहालले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत स्थानमा फूलको व्यावसायिकखेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको रामै्र खपत हुने गर्दछ ।

फ्लोरीकल्चर एशोसिएशन कास्कीमा हाल ३५ व्यवसायी आवद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एशोसिएशनमा आबद्ध भई व्यवसायी क्रियाशील बनेका हुन् । पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५०सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका पूmलको व्यवसायीक खेती हँुदैआएको छ ।

पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एशोसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यतः सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्र मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.