Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

दशौँँ माहाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले महाधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न पूर्णरुपमा जुट्ने र जिल्लाको कुन ठाउँमा कसरी गर्ने भन्नेबारेमा छिट्टै जानकारी दिइने बताउनुभयो ।
पार्टीका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले विधान अधिवेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिवेशनमा सहभागी हुने,उद्घाटन सत्रमा पाँच नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएको जाकारी दिँदै महाधिवेशनले राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि पहल गर्ने बताउनुभयो ।
सोही प्रदेशका सहइञ्चार्ज काशीनाथ अधिकारीले प्रदेश कमिटीको आग्रहलाई स्थायी कमिटीले स्वीकार गरेकाले यहाँ महाधिवेशन तय भएको बताउँदै राजनीतिमा हरेक दृष्टिकोणले एमाले मुख्य पार्टी रहेको जिकिर गर्नुभयो । उक्त पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.