Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

दसैँ भत्ता दलितलाई सहयोग

जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ

जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा खर्च गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

यो पनि पढनुस !!

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको सभासदस्य शाहीको भनाइ छ ।अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत बिद्यालयलाई उहाँले सहयोग गर्नुभएको थियो ।
जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको शाही बताउनुहुन्छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.