Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

ठडिँदै माछापुच्छ्रे को ‘सिँहदरबार’

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनीक भवन बनाउन सकेका छैनन् ।

माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ ।हाल गाउँपालिकाको प्रशासनीक कार्य साविक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर सञ्चालन हुँदै आएको छ । प्रसासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रङ्गरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सवइन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ ।

आगामी मङ्सिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ । उहाँले भन्नुभयो,“प्रसासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउण्डको केही भाग, पार्किङ र रङ्गरोगन बाहेक अन्य काम सकिएको छ । ” फनिसिङ भइरहेको छ । संरचनाहरु बनेर फिनिसिडको प्लास्टर सकिएको । विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएकामा निर्माण कम्पनीले तोकिएको मितिभन्दा तीन महिना अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । विद्युतीय भ¥याङ(लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल हुनेछ ।

यो पनि पढनुस !!

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले आफूहरुको कार्यकालभित्रमा अत्याधुनिक भवनबाट सेवा प्रवाह हुने बताउनुभयो । अन्य स्थानीय तहले भन्दा आफूहरुले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेकाले त्यो सम्भव भएको उहाँले बतानुभयो । उहाँले भन्नुभयो,“हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन गरेर राम्रोसँग कुर्सी टेवल समेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमानै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।” गाउँपालिकाले चालू वर्षमा प्रशासनिक भवनमा फर्निचर लगायत कार्यालयको व्यवस्थापनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष दवाडीले जानकारी दिनुभयो । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।

भवन भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेकामा बाँकी रकम गाउँपालिकाले लगानी गरेको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि डम्बरराज ढकालले ढिलोमा मङ्सिर महिनाभित्रमा सबै काम सकेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिने जानकारी दिनुभयो । लिफ्टका सामग्री भन्सार आइपुगेकाले दसैँ लगत्तै निर्माणस्थलमा ल्याइने जानकारी दिँदै उहाँले ‘फिनिसिङ’को कार्य जतिसक्दो चाँडो सम्पन्न गरिने बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.