Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन्

हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका यहाँका नागरिकले आवास पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गर्नुभयो ।

यो पनि पढनुस !!

२०७७ सालको साउन महिनामा आएको अविरल वर्षाका कारण आएको बाढीले ताजाँजाकोटका करिब ३८० घर भत्काएको थियो । बाढीले सबै घर बगाएपछि प्रदेश सरकारले निः शुल्क आवास बनाइदिएको थियो । सो अवसरमा मुख्यमन्त्री शाहीले बजेट अपुगका कारण यस आर्थिक वर्षमा १५० घर मात्र बनाइएको र बाँकी घर यसै आर्थिक वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.