Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन्

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उहाँले भन्नुभयो,“पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।”
केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए ।
मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ ।विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो । (रासस)

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.