Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयन

भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो

भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो ।

नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ । सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

यो पनि पढनुस !!

मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बर राख्ने कार्यको सुरुआत गरिएको जनाउँदै उहाँले घर पत्ता लगाउने कार्यसँगै नगरवासीका समस्या पहिचान गर्नमा समेत यस कार्यले सघाउ पु¥याउने बताउनुभयो । “मूल सडक, चौराह, दोबाटोदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिनेछ”, उहाँले भन्नुभयो, “सेवा सुविधा प्रदान गर्न, समस्या पत्ता लगाउन र घर खोज्न यस कार्यले सघाउ पु¥याउँछ ।” यस कार्यले सुझाव सङ्कलन एवं अन्य विविध क्षेत्रका कामकाज गर्न पनि सहज हुने उहाँको भनाइ छ ।

मूल सडकबाट घरसम्मको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटाको नाम उल्लेख गरी घरघरमा नम्बरप्लेट राख्ने कार्य भइरहेको छ । नगरपालिकाका १९ वटै वडामा मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बरसहितको प्लेट राख्ने कार्य गरिने छ । सो नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकसित गर्नसमेत यस प्रणालीले सघाउ पु¥याउने बताइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.