Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

बजार अनुगमन : आठ व्यापारीलाई कारबाही

जिल्लामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ

जिल्लामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बिहीबार यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर तथा दिपायलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा बजारमा म्याद नाघेका गैर खाद्यवस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गरिएको हो ।

अनुगमनका क्रममा कारबाहीमा परेका पसलमा घटाल सप्लायर्स, जानकी डेरी एण्ड मिष्ठान भण्डार, देउवा टेडर्स किराना एण्ड तरकारी पसल, राजन किराना पसल पिपल्ला, कलेल टेर्डस एण्ड सप्लायर्स तथा न्यू जोशी खुद्रा पसल राजपुरलगायत छन् । कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको र म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणका लिएर नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ जोशीले बताउनुभयो ।

यो पनि पढनुस !!

यहाँका १४ पसलमा मात्रै अनुगमन गर्दा यति ठूलो सङ्ख्यामा अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको हो । अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, रेष्टुरेन्ट तथा मासु पसलको समेत अनुगमन गरेको थियो । जिल्लामा चाडपर्वका बेला मात्रै अनुगमन हुने भएकाले पनि यहाँका बजारमा प्रायःजसो अखाद्य वस्तु बिक्री वितरण कार्यले प्रश्रय पाएको दिपायल पिपल्लाका बासिन्दा रामबहादुर विष्टले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.