Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग

पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ

पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो ।

यो पनि पढनुस !!

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.