Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

रासस अध्यक्ष अधिकारीद्वारा झापा कार्यालय निरीक्षण

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले शनिबार झापाको भद्रपुरस्थित रासस कार्यालय निरीक्षण गर्नुभयो

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले शनिबार झापाको भद्रपुरस्थित रासस कार्यालय निरीक्षण गर्नुभयो । सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिलवाल र लेखा प्रमुख रुद्रमणि अधिकारी हुनुहुन्थ्यो । राससको भद्रपुरस्थित कार्यालयको भौतिक अवस्था, यसले पु¥याउँदै आएको सेवा र रासस समाचार प्रभावका बारेमा झापा कार्यालयका प्रमुख चन्द्रकला भण्डारीले उहाँहरुलाई जानकारी गराउनुभएको थियो ।

यो पनि पढनुस !!

रासस अध्यक्ष अधिकारीले राससको समाचारलाई विश्वसनीय र गुणस्तरीय बनाउन झापामा रहेका राससकर्मीले पु¥याउँदै आएको योगदानको सराहना गर्नुभएको थियो । उहाँले कार्यालयको मर्मतका लागि बजेट विनियोजन गरिने जानकारी दिनुभएको थियो । चार दशकअघि निर्माण गरिएको कार्यालय भवन मर्मतसम्भार आवश्यक रहेको प्रमुख भण्डारीले बताउनुभएको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.