Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

‘शिक्षा क्षेत्रमा लगानी बढाऔँ ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षामा गरिएको लगानी खेर नजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन, त्यसैले सरकारले शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक छ, स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउन सक्छन् ।”

यो पनि पढनुस !!

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो औँल्याउनुभयो । उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पहिलोपटक स्नातकोत्तर तहमा भूकम्प र ग्रामीण विकासको विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको जनाउँदै सम्पदा संरक्षण तथा सभ्य सहर निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.