Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

हेलिकप्टरबाट इन्धन ढुवानी

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीहरुले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर ढुवानी गरिरहेका छन्

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीहरुले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर ढुवानी गरिरहेका छन् ।

पैदल मार्गबाट खच्चडमा नआउने र सिमकोट बजारमा नपाइने भएपछि यहाँका व्यवसायीहरुले महँगोमा हेलिकप्टरमार्फत इन्धन ढुवानी गर्न बाध्य भएका हुन् ।

माथिल्लो हुम्लाका तीनवटा गाउँपालिकामा विकास निर्माणका काम गर्न र यातायात सञ्चालन गर्न इन्धनको अभाव देखिएपछि हेलिकप्टरबाटै ओसार्न थालिएको निर्माण व्यवसायी गणेश महतले बताउनुभयो । हुम्लासँग जोडिएको छिमेकी जिल्ला मुगुबाट हेलिकप्टरमार्फत ढुवानी भइरहेको उहाँले बताउनुभयो । मुगुको ताल्चा विमानस्थलबाट हेलिकप्टरमा प्रतिलिटर रु २५५ तिरेर ढुवानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

यसअघि पैदल मार्गबाट खच्चडमा ढुवानी भएर आएको इन्धनको मूल्य प्रतिलिटर रु २१० देखि २२० सम्म खरिद गर्न पाइने भए पनि मौसम तथा ढुवानी गर्ने खच्चड नपाउने समस्याका कारण महँगो भए पनि हेलिकप्टरबाट ढुवानी गर्न थालेका हुन् ।

जिल्लाका सबै निर्माण तथा यातायात व्यवसायी मिलेर ८० ब्यारेल इन्धन ढुवानी गरेका छन् । सिम्रिक एअरको हेलिकप्टरले एक उडानमा चार ब्यारेलसम्म बोक्न सक्ने हुँदा बीस उडान ताल्चाबाट सिमकोट भएको हो । त्यसपछि पनि अरू ८० ब्यारेल इन्धन ल्याउने तयारी भइरहेको व्यवसायीले बताएका छन् ।

काम समयमै सञ्चालन गर्न र भएका यातायातका साधन सञ्चालनमा राख्न हेलिकप्टरले भनेकै भाडादरमा ढुवानी गर्नु परेको व्यवसायीको भनाइ छ । सुर्खेतमा खरिद गरेको इन्धन मुगुको ताल्चा विमानस्थसम्म गाडीमा ढुवानी हुने गरेको छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.