Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना भएका व्यक्ति पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ

नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवानापछि फरार रहेका सङ्गतलाई आज काठमाडौँको सिफलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । (रासस

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.