Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।
झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो ।ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।
दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

यो पनि पढनुस !!

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.