Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

प्रदेश प्रमुख गुरुङद्वारा महेन्द्र गुफाको अध्ययन अवलोकन

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पोखरा–१६ बाटुलेचौरस्थित महेन्द्र तथा चमेरो गुफाको आज अध्ययन अवलोकन गर्नुभएको छ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पोखरा–१६ बाटुलेचौरस्थित महेन्द्र तथा चमेरो गुफाको आज अध्ययन अवलोकन गर्नुभएको छ ।

प्राकृतिक गुफाको रुपमा परिचित विन्ध्यवासिनी माविको व्यवस्थापन तथा संरक्षकत्वमा सञ्चालित महेन्द्र गुफाको अवलोकनपश्चात प्रदेश प्रमुख गुरुङले यसको व्यवस्थित विकास गर्न सुझाव दिनुभयो ।

यो पनि पढनुस !!

महेन्द्र गुफा विश्वकै प्रमुख पर्यटकीयस्थल बन्न सक्ने आधार प्रसस्त रहेको भन्दै उहाँले सबैको प्रयासबाट यसको थप सौन्दर्यकरण बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश प्रमुख गुरुङलाई समितिका संयोजक गुरुदत्त भट्टराईले गुफाको वर्तमान अवस्था, विकास निर्माण तथा व्यवस्थित विकासको गुरुयोजनाका विषयमा जानकारी गराउनुभयो ।

उहाँले गुफा विकासका लागि प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै, थप विकासका लागि पनि ध्यानाकर्षण गराउनुभयो । कोभिड महामारीको दोस्रो लहरका कारण वैशाख १४ गतेदेखि बन्द रहेको महेन्द्र तथा चमेरो गुफा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर यही असोज १ गतेबाट सञ्चालनमा आएको बताउँदै यसअघि पनि कोभिड महामारीका कारण नौ महिना गुफा बन्द भएको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.