Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन्

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

यो पनि पढनुस !!

ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.