Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

एमसीसी राष्ट्रिय हितविरुद्ध छ: महासचिव बिप्लब चन्द

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एमसीसी विरोध कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीका महासचिव बिप्लब चन्दले एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको बताएका छन्

काठमाडौँ २९ भदौ। सोमबार नेपाल कम्युनिष्ट पार्टीका बिप्लब चन्द सहितका केही नेताहरुले एमसीसीको विरुद्ध शान्तिपूर्ण आन्दोलन ‌ गर्दै विरोध प्रदर्शन गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एमसीसी विरोध कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीका महासचिव बिप्लब चन्दले एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको बताएका छन्।एमसीसी सम्झौता लागू गर्न सरकार तत्पर रहेपनि कुनैपनि हालतमा एमसीसी संसद्बाट पारित गर्न नदिने र संसदबाट पारित भएमा त्यसको नतिजा नराम्रो हुने बताएका छन्।

यो पनि पढनुस !!

राष्ट्रिय हितविरुद्ध रहेको यस एमसीसीको विरुद्धमा सबैलाई एकजुट भई जुट्न आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी एमसीसी विरुद्धमा रहेको उहाँको भनाइ छ। आफु र आफ्नो पार्टीले कुनैपनि हालतमा एमसीसी पारित गर्न नदिने विरोध कार्यक्रममा सम्बोधन गर्दै एमसीसी अनुमोदन गरेर सरकारले अमेरिकी कानुन भित्राउन लागेको समेत आरोप लगाउनुभएको छ। एमसीसी सम्झौता जनता लाग्ने सम्झौता भएकाले एमसीसीबाट प्राप्त पैसाले देश विकास गर्ने र देश विकास हुन्छ भन्ने तर्क मूर्खता रहेको उहाँको भनाई छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.