Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

सतापक्ष गठबन्धन देश लुटेर खाने समूह हो: महासचिव ईश्वर पोखरेल

मुलुकको सुशासन र समृद्धि नचाहने समृद्ध मुलुक बनाउने सपना देख्ने ​व्यक्तिलाई काम गर्न नदिने खराब प्रवृत्तिको चरितार्थ वर्णन गरेका छन्।

काठमाडौँ २१ भदौ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मोरङको हरैचामा आयोजित एक कार्यक्रममा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको सत्तापक्ष गठबन्धनको सरकार देश लुटेर खानेको समूह भनेर संज्ञा दिएका छन्। मुलुकको सुशासन र समृद्धि नचाहने समृद्ध मुलुक बनाउने सपना देख्ने व्यक्तिलाई काम गर्न नदिने खराब प्रवृत्तिको चरितार्थ वर्णन गरेका छन्। त्यसैगरी उनले विदेशी शक्तिलाई खुसी पार्न एकजुट भएको गठबन्धन भन्दै गालीको वर्षा गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएको पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा प्रचण्डको कार्यकर्ता भन्दै आलोचना गरेका छन्।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सतापक्ष गठबन्धन र प्रतिनिधिसभाका सभामुखमाथी मोरङको हरैचामा आयोजना गरेको अगुवा तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा सत्तापक्ष र प्रतिनिधिसभाका सभामुखप्रति खर्रो प्रतिवाद गरेका छन्। यसबाट के प्रष्ट हुन्छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरु सत्तापक्ष गठबन्धनको नेताहरुप्रति र सभामुख प्रति आकोशित भएको प्रष्ट देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने नेकपा एमालेका नेताहरु मुलुकमा कटाक्षको राजनीति गरेको भाव देखिन्छ। सार्वजनिक सभा सम्मेलनमा सरकारलाई गाली गरेर सम्बोधन गर्ने कि सुझाव दिएर सम्बोधन गर्ने भन्ने विषयमा देश र जनताको पक्षमा राजनीति गर्ने नेताले विचार गरेर मात्र बोल्नु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.