Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

बाढीपहिरोले नेपालको ६० जिल्ला विस्थापित

मनसुन सक्रिय भए लगत्तै ६० जिल्लामा ५०,००० हजार भन्दा बढी घरधुरी विस्थापित भएको छ। बाढीपहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने ६४ जना घाईते भएका छन्। यसैगरी ७१३ आवास पूर्णरुपमा क्षतिग्रस्त भएको छ। यसैगरी मनसुन सक्रिय रहेलगतै आएको बाढीपहिरोले २९ वटा झोलुङ्गे पुल,२७ वटा पक्की पुल,२५ वटा हाईडोपावरमा समेत क्षति पुर्याएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो पनि पढनुस !!

६० जिल्लामा मनसुन सक्रिय भएलगतै आएको बाढीपहिरोले पश्चिम नवलपरासीमा २ जनाको मृत्यु भएको छ भने सुनवल नगरपालिकामा १ बालिकालाई खोलाले बगाएको छ। यसैगरी मनसुन सक्रिय भएलगतै मनसुनको प्रभावको कारण अवरुद्ध भएको मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ। मनसुन केही दिन सक्रिय रहने भएकाले बाढीपहिरोको जोखिम कायमै रहने भएकाले सर्तकता अपनाउन मौसमविद्हरूले सबैलाई आग्रह गरेको छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.